एजेन्सी, ६ बैशाख । भारतमा पछिल्ला दिनमा धेरैजसो बालबालिकामा कोरोना संक्रमण देखिएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दिल्लीको एनसीआर क्षेत्रका १०० भन्दा बढी स्कुलका विद्यार्थीमा संक्रमण देखिएको छ । अन्य क्षेत्रमा पनि बालबालिकाहरु धेरै संक्रमित भएका छन् ।

अप्रिल महिनामा नयाँ शैक्षिकशत्र सुरु भएपछि बालबालिकामा संक्रमण तीब्र गतिमा बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बालबालिकालाई अहिलेसम्म खोपको व्ववस्था नहुनु र विद्यालयमा स्वास्थ्य मापदण्ड पलना नहुनु जस्ता कारणले संक्रमण बढेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

संक्रमित हुने बालबालिकामा खोकी, ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने जस्ता समस्या देखा परेका छन् ।

दिल्ली र नोयडाका स्वास्थ्य अधिकारीहरुले स्कुलमा स्वास्थ्य मापदण्ड पालनामा कठाइ गर्न र हेल्थ डेस्क स्थाना गर्न निर्देशन दिएका छन् ।

विद्यार्थीका संक्रमण देखिए केहीदिनका लागि पूरै स्कुल बन्द गर्न पनि निर्देशन दिइएको छ ।

ज्वरो, रुघाखोकी जस्ता समस्या देखिए बालबालिकालाई स्कुल नपठाउन अभिभावकलाई आग्रह समेत गरिएको छ ।

१२ वर्षमुनिका बालबालिकालाई अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाइएको छैन ।