नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना

काठमाडौं, ६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब नयाँबस्ती युथ क्लबलाई ३ लाख जरिवाना गरेको छ ।
गत महिना सकिएको सहिद स्मारक ’बी’ डिभिजन लिगको समय अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले जरिवाना लगाएको हो ।
‘बी’ लिग अन्तर्गत मध्यपुर युथ एसोसियनसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । क्लबका अफिसियल श्रीबहादुर योगीलाई एन्फाले सञ्चालन गर्ने फुटबल गतिविधिमा दुई वर्षको प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै, क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


