एजेन्सी, ६ बैशाख । आइपिएलमा पहिलोपटक दौडिएर चार रन पूरा भएको छ ।

आइपिएलअन्तर्गत सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सका ओपनर ब्याटरद्वय देवदत्त पडिकल र जोस बटलरले दौडिएर चार रन पूरा गरेका हुन् ।

बटलर र पडिकलले खेलको पहिलो पारीको तेस्रो ओभरमा चार रन लिएका थिए । यसमा कुनै ‘ओभर थ्रो’ थिएन ।

यसअघि सन् २०१७ मा ग्लेन म्याक्सवेलले दौडिर चार रन पूरा गरेका थिए । तर, त्यसबेला ‘ओभर थ्रो’को कारण थप दुई रन पूरा गर्न पाएका थिए ।

बटलरले १०३ रनको शतकीय पारी खेलेको उक्त खेलमा राजस्थानले कोलकातालाई सात रनले पराजित गरेको थियो ।