काठमाडौं, ६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा १० र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३२४ जना होम आइसोलेसनमा र १० जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।