जनकपुरधाम, ६ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट नाम सिफारिस भएका वडाध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लोसपा नेपालबाट वडा नं. ७ को वडाध्यक्षमा निर्वाचित समेत भएका साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

मेयर पदका प्रत्यासित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको थियो ।

लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीको नाम सिफारिस गरेको थियो ।