भारतको आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

एजेन्सी, ५ बैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ ।
आइतबार भएको भीषण वर्षासँगै परेको चट्याङले उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आसाममा शुक्रबारदेखि आइतबारसम्म व्यापक वर्षा भएको थियो ।
वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको छ ।
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार ८ जनाको मृत्यु भएको थियो भने आइतबार थप ६ जनाको मृत्यु भयो ।
चट्याङबाट अरु धेरै व्यक्ति घाइते भएका पनि अधिकारीले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


