एजेन्सी, ५ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली क्यापिटल्सको क्याम्पमा कोरोना संक्रमण देखिएको छ ।

कोभिडको संक्रमण देखिएपछि टोलीलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्लो समय गरिएको परीक्षणमा दिल्लीको टोलीका फिजियो प्याट्रिकलाई कोभिड संक्रमण देखिएको थियो ।

त्यस्तै, केही खेलाडीमा पनि कोरोना पुष्टि भएको छ । कोरोना देखिएपछि दिल्लीको पुणे भ्रमण स्थगित गरिएको छ । दिल्लीले २० अप्रिलमा पुणेमा पञ्जाब किंग्सविरुद्ध खेल्ने तालिका थियो ।