काठमाडौं, ५ बैशाख । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु हुने भएको छ ।

रोयल नेपाल गल्फ क्लबमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन् ।

जसमा ३६ प्रोफेसनल र २० एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । यस्तै, बेलायतमा खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बू, भक्त शेरचन, देव राना, विष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङ छन् ।

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ६५ हजार पाउने छन् । तेस्रोले ४६ हजार पाउँदा शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।