काठमाडौं, ५ बैशाख । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।

पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिनेत्री पूजा खुसी देखिएकी हुन् ।

उनी यसअघि पलमाथि बलात्कारको आरोप लाग्दै उजुरी परेपछि पललाई फसाउन खोजिएको भन्दै उनको पक्षमा रहेकी थिइन् ।

आइतबार पल विरुद्धको बयान पीडित भनिएको पक्षबाट गरिएपछि नायिका शर्माले घटनाबारे केही उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड ।’