रणबीर र आलियाको तस्वीरको विषयमा सेलेब्रिटीहरुले गरे प्रशंसा

एजेन्सी, ५ बैशाख । १४ अप्रिलमा विवाह भए पनि रणबीर कपुर र आलिया भट्टको विवाहको विषयमा अझै विभिन्न समाचार आइरहेका छन् ।
पछिल्लो समय भारतीय मिडियामा माथिको तस्वीर निकै धेरै प्रकाशित भइरहेको छ । सामाजिक सन्जालमा पनि यो तस्वीरको चर्चा चलेको छ । त्यसो त विवाहपछि आलियाले आफ्नो इन्स्टाग्राममा केही तस्वीरहरु राखेकी छिन्, जसको चर्चा पनि बढेको छ ।
यहीबीच विवाहमा केक काटेपछि आएको रणबीर र आलियाको यो तस्वीरको विषयमा बलिउडका सेलेब्रिटीहरुले समेत प्रशंसा गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


