नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एकजना पक्राउ

काठमाडौं, ५ बैशाख । प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ घर भई नरेफाँट बस्ने २६ वर्षीय कविर लामा रहेका छन् ।
उपत्यकाका विभिन्न स्थानहरुमा लुकाई छिपाइ विक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार नयाँ बानेश्वर पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


