जनकपुरधाम, ५ बैशाख । मधेस प्रदेशमा चुनावी तालमेल बारे निष्कर्ष लगाउन सोमबार बिहानदेखि जारी रहेको सत्तारुढ गठबन्धनको बैठकबाट नेपाली कांग्रेस बाहिरिएको छ ।

गठबन्धनको बैठकबाट बाहिरिएको कांग्रेसले आफ्नो पार्टी कार्यालयमा छुट्टै बैठक गर्न लागेको हो ।

गठबन्धन आबद्ध दलका प्रदेश अध्यक्ष र नेताहरूको उपस्थितिमा जारी बैठकबाट चुनावी तालमेलको मोडालिटी टुङ्गो लगाइने आंकलन गरिएपनि काँग्रेस बैठक स्थलबाट बाहिरिंदा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलमेलको संकट देखिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मेयर पद नछाड्ने अडान लिएका छन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँचदलीय गठबन्धन छ ।