काठमाडौं, ५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकालगायत विभिन्न पालिकाहरूमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनका दलहरूका बीचमा भागबण्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सहभागी छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेललगायतका नेताहरू सहभागी छन् ।