जनकपुरधाम, ५ बैशाख । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज टिकट वितरण गर्न लागेको छ ।

जनमतले आज पालिका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्न लागेको पार्टीका नेता बिपी साहले जानकारी दिए ।

उनले पार्टीले तय गरेका उम्मेदवारहरुलाई केन्द्रीय सचिवालयबाट मनोनयन पत्र वितरण गर्ने निर्णय भएको बताए ।

वडाध्यक्षहरूको भने मनोनयन पत्र वितरण वैशाख ७ र ८ गते हुने उनलेे जानकारी दिए ।

मधेस प्रदेशका उम्मेदवारहरूलाई जनकपुरधाम, प्रदेश नम्बर १ का उम्मेदवारलाई विराटनगर र लुम्बिनी प्रदेशका उम्मेदवारलाई भैरहवाबाट टिकट वितरण गर्न लागिएको हो ।

जनमतका उम्मेदवारहरूले मनोनयन पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्नुपर्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ।

त्यस्तै, उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आफैंले बेहोर्नु पर्ने छ ।

स्थानीय निर्वाचनमा जनमतले प्रायः सबै ठाउँमा उम्मेदवारी दिने भएको छ ।