नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, ४ बैशाख । एएफसी एसियन कप छनोटअघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल जेठ ११ र १५ गते दोहामा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाली टोलीले कतारमा मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको जानकारी गराएको हो ।
मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव अफगानिस्तानले स्वीकारेको एन्फाले जनाएको हो । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटको समूह ‘ए’मा नेपाल ,कुवेत, इन्डोनेसिया र जोर्डन छन् । यो समूहको छनोट खेल कुवेतमा हुनेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन् । छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
त्यस्तै, नेपालले दोस्रो खेल ११ जुनमा कुवेत तथा तेस्रो खेल १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


