आइतबार १२ नयाँ संक्रमित थपिए, ३६ जना संक्रमणमुक्त

काठमाडौं, ४ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षण गर्दा ११ र ७३९ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्तमणबाट कसैको मृत्यु भएको छैन भने ३६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३६० जना होम आइसोलेसनमा र १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


