काठमाडौं, ३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस आधनम गेब्रियसस नेपाल आउने भएका छन् । उनी वैशाख ८ गते नेपाल आउने भएका हुन् ।

उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । डा. टेड्रोस तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन लागेका छन् ।

डा. टेड्रोसले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।