कोरोना महामारीले विश्वलाई आक्रान्त पार्न सक्छ : डब्लूएचओ

एजेन्सी, ३ बैशाख । कोरोना महामारी अन्त्यबाट धेरै टाढा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । महामारी अझै फैलिने र विश्वलाई आक्रान्त पार्न सक्नेतर्फ डब्लूएचओले सतर्क गराएको हो ।
डब्लूएचओका स्वास्थ्य आकस्मिक कार्यक्रमका निर्देशक माइकल रायनले कोभिड महामारी अन्त्यतिर गएको भनेर नसोच्न आग्रह गरेका छन् । उनका अनुसार अहिले नै महामारी अन्त्यतिर गएको भनेर सोच्नु गलत हुने छ । त्यसो सोचेर बेवास्ता गरे ठूलो समस्या निम्त्याउने उनले बताए ।
‘हामी महामारीको अन्त्यतिर आइसक्यौँ भनेर मलाई पटक्कै विश्वास छैन’, रायनले भने, ‘यो अहिले नै अन्त्यतिर पुगेको छैन ।’
भाइरस अहिले कुनै अवधि वा कुनै प्याटर्नमा फैलिन सक्ने भनेर कुनै अवस्था सिर्जना भइसकेको छैन । यसले ठूलो महामारी निम्त्याउन सक्ने क्षमता अझै राखेको निर्देशक राइनको भनाइ छ ।
कोरोना महामारी सन् २०१९ को अन्त्यदेखि सुरु भएको हो । चीनको वुहानबाट फैलिन थालेको भाइरसका कारण हालसम्म ६२ लाख मानिसले ज्यान गुमाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


