नितूले रणबीरसँग फोटो शेयर गर्दै ऋषिलाई सम्झिइन् : भनिन्, ‘आज तपाईंको इच्छा पूरा भयो’

एजेन्सी, ३ बैशाख । रणबीर कपुर र आलिया भट्ट बिहिबार एक नीजि समारोहमा आफ्नो परिवार र साथीबीच विवाह बन्धनमा बाँधिएका छन् । विवाहपछि रणबीरकी आमा नितू कपुरले आफ्ना दिवंगत श्रीमान् ऋषि कपुरलाई स्मरण गर्दै सोसल मिडियामा छोरासँग एउटा फोटो शेयर गरिन् ।
नितूले फोटो सेयर गरेर क्याप्सनमा लेखिन्, ‘यो फोटो कपुर साहब (ऋषि कपुुर) लाई समर्पित छ । आज तपाईंको इच्छा पूरा भएको छ ।’ यो फोटोमा प्रशंसकदेखि सेलिब्रिटीसम्मले कमेन्ट गरिरहेका छन् ।
यो फोटोमा एक प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘म विश्वस्त छु कि तपाईंका प्रिय कपुर साहब असाध्यै खुसी हुनु भएको होला ।’ अर्काले लेखे, ‘नितू जी ऋषि कपुर असाध्यै खुसी हुनुभएको होला, हामी पनि असाध्यै खुसी छौँ । ’ यस्तै, अर्का प्रशंसकले लेखे, ‘यदि आज ऋषि कपुर साहब हामीबीच हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


