एजेन्सी, ३ बैशाख । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् ।

यसैगरी उनले २४ फेब्रुअरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको पनि बताए ।

युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको राष्ट्रपति जेलेन्सीको दाबी छ ।

मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो ।

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।