रूसद्वारा बेलायती प्रधानमन्त्री जोनसनसहित अन्य उच्च अधिकारीलाई प्रतिबन्ध

एजेन्सी, ३ बैशाख । रूसले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसहित अन्य उच्च अधिकारीलाई प्रतिबन्ध लगाएको छ । युक्रेनमाथिको आक्रमणका लागि बेलायतले रूसमाथि प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रिया स्वरूप मस्कोले यो घोषणा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
रुसको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा भनेको छ, ’रसियालाई अन्तर्राष्ट्रिय रूपमा एक्लो पार्ने, रूसमाथि प्रतिबन्ध लगाउने र अर्थतन्त्रलाई नोक्सान पु¥याउने लन्डनको राजनीतिक अभियानको प्रतिक्रियास्वरूप यो कदम चालिएको हो ।’
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बाहेक बेलायतका उपप्रधानमन्त्री डोमिनिक राब, विदेशमन्त्री लिज ट्रस, रक्षा सचिव बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे र स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जन रूस प्रवेशमा प्रतिबन्ध लगाइएको सूचीमा छन् ।
युक्रेनमा रूसले गरेको आक्रमणलाई लिएर रूसमाथि धेरै किसिमको प्रतिबन्ध लगाइएको छ । यसमा अमेरिका, बेलायतलगायत विश्वका धेरै देशले सामूहिक रूपमा रूसमाथि प्रतिबन्ध लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


