शनिबार ९ नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं, ३ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
४ हजार ४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ४ सय रहेको छ भने २४ घण्टामा ३० हजार ८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


