एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं, २ बैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेको ‘ए’ टोलीसँग हुने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले निकालेको खेल तालिका अनुसार तीन खेलको एकदिवसीय सिरिज ३० अप्रिलदेखि ४ मेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
सिरिजको पहिलो खेल ३० अप्रिल, दोस्रो खेल २ मार्च र तेस्रो तथा अन्तिम खेलमा ४ मार्चमा हुनेछ ।
त्यस्तै, नेपालले त्रिविमै मे ६ देखि ९ सम्म तीन खेलको टी–२० सिरिज पनि खेल्ने छ । सिरिजको पहिलो खेल ६ मे, दोस्रो खेल ७ मे र तेस्रो तथा अन्तिम खेल ९ मेमा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


