काठमाडौं, २ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा १४ र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ५५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८०६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार २५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४१९ जना होम आइसोलेसनमा र १९ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।