एजेन्सी, २ बैशाख । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाहबन्धनमा बाँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा विवाह गरेका हुन् ।

करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका कपुर र भट्टको विवाहमा परिवार र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो ।

उनीहरुले मिडिया र शुभचिन्तकहरुलाई जानकारी नदिई विवाह गरेका हुन् । बुधबार मात्रै उनीहरुले विवाहबारे खबर सार्वजनिक गरेका थिए ।

आलियाले आफ्नो इस्टाग्राम अकाउन्टबाट विवाहका तस्विरहरु सार्वजनिक गरेकी हुन् । सामाजिक सञ्जालमा उनीहरुको तस्बिरको चर्चा बढ्दै गएको छ ।