गायिका मेलिना राईले गरिन आफ्नो प्रेमी सार्वजनिक

काठमाडौं, २ बैशाख । गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । शुक्रबार उनले फेसबुकमार्फत ‘हुनेवाला पति’ भन्दै प्रेमीसँगको तस्बिर सार्वजनिक गरेकी हुन् ।
उनले ‘नयाँ सुरुवात’ भन्दै प्रेमी सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छन् । सञ्जीवलाई ट्याग गरिएको सो पोस्टमा मेलिनाले ‘टु बी हजबेन्ड’ भन्दै ह्यासट्याग पनि राखेकी छन् ।
सञ्जीव नेपालका चर्चित गिटारिस्ट हुन् । म्युजिक अरेन्जरसमेत रहेका सञ्जीवसँग मेलिनाले यसैवर्ष विवाह गर्ने योजना बनाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


