एजेन्सी, २ बैशाख । भारतमा छेपारोलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

भारतको महाराष्ट्रस्थित रत्नगिरी जिल्लाबाट जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामटेकर र रमेश घागलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

इन्डिया टुडेकाअनुसार रत्नागिरीमा अवस्थित स्याद्री टाइगर रिजर्भमा अवैध सिकार गर्न गएका उनीहरूले जंगली छेपारोको सामूहिक बलात्कार गरेका हुन् ।

गत ३१ मार्चमा स्थानीय वन अधिकारीहरूले जंगलका विभिन्न स्थानमा जडित सिसिटिभी क्यामेराको निरीक्षण गर्ने क्रममा उक्त घटना सार्वजनिक भएको हो ।

बेङ्गल मनिटर लिजार्ड छेपारो प्रजातिको एक स्तनधारी प्राणी हो । यो प्रजाति भारतीय उपमहाद्विप, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ भने भारतमा यसलाई आरक्षित प्राणीको सूचीमा राखिएको छ ।

आरोपितहरु विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढेको इन्डिया टुडेले जनाएको छ ।