जनकपुरधाम, २ बैशाख । मधेस प्रदेशको ६ वटा जिल्ला कोरोना संक्रमणमुक्त भएको छ ।

स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार प्रदेशको दुई वटा जिल्लामा ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

८ वटा जिल्ला रहेको मधेस प्रदेशको धनुषा र महोत्तरीमा मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

धनुषामा ६ र महोत्तरीमा २ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए ।

कोरोनाको तीनटै लहरमा मधेस प्रदेशमा ४१ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै कोरोना संक्रमणबाट १ हजार ६२ जनाले ज्यान गुमाएका छन् ।