बिहीबार ४ नयाँ संक्रमित थपिए, ४४ जना संक्रमणमुक्त

काठमाडौं, १ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


