बलिउड अभिनेता सोहेल खान नेपालमा

काठमाडौं, १ बैशाख । बलिउड अभिनेता सोहेल खान नेपाल आइपुगेका छन् । उनी बिहीबार वायुसेवा निगमको उडानमा मुम्बईबाट नेपाल आइपुगेका छन् ।
सलमान खानका भाइसमेत रहेका सोहेल आगामी १५ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारीलगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेका हुन् ।
कोरोना महामारीका कारण धराशायी भएको नेपालको पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जन भारतीय कलाकार काठमाडौं आउँदै छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


