एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडौं, १ बैशाख । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाई पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।
पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


