मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश

एजेन्सी, १ बैशाख । उत्तर प्रदेश–११ लाई १४ रनले हराउँदै मलेसिया–११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो ।
भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया–११ ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।ओपनर वीरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।
बलिङमा उत्तर प्रदेश –११ का राज यादवले तीनै विकेट लिए ।
जवाफमा उत्तर प्रदेश–११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो ।
उसका शुभंम चौधरीले सर्वाधिक ११ तथा राज यादवले ६ रन बनाए ।
बलिङमा मलेसिया–११ का वीरन्दिप सिंहले दुई विकेट लिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


