नेपालमा बुस्टर डोज लगाउनेको संख्यामा कमी

काठमाडौं, १ बैशाख । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्यामा कमी आएसँगै बुस्टर डोज लगाउनेहरुको संख्यामा पनि कमी आएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म जम्मा २३ लाख ४७ हजार २२२ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।सरकारले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिनामै बुस्टर डोज लगाउन आग्रह गरेको थियो ।
कोरोना महामारीको तेस्रो लहर मत्थर भएपछि नियमित खोप लगाउने तथा बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको मन्त्रालयको आंकडाले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयल चैत्र १३ गते सूचना जारी गरी पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेपछि अनिवार्य रुपमा बुस्टर मात्रा लगाउन आग्रह गरेपनि बुस्टर डोज लगाउन खोप केन्द्रमा न्यून सङ्ख्यामा सर्वसाधारण पुग्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेपछि मात्रै बुस्टर डोजको व्यवस्था गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


