बारामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

बारा, १ बैशाख । बारामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहिबार बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका जीपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जीप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


