एजेन्सी, ३० चैत । फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५८ पुगेको छ । बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

बाढीपहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन् । पहाडी हिमपहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन् ।

कम्तीमा ५८ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन् । पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन् ।

बाढीपहिरोमा दक्षिणी दाभाओ क्षेत्र, मिन्दानाओ र मध्य नेग्रोस ओरियन्टल प्रान्तमा पनि केहीको मृत्यु भएको फिलिपिन्सको राष्ट्रिय विपद् निकायले जनाएको छ ।

दक्षिणी र पूर्वी फिलिपिन्स टापुहरूमा १ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।