मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी

एजेन्सी, ३० चैत । रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।
सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ ।
‘मारिओपल सहरमा ३६ औं मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


