एजेन्सी, ३० चैत । भारतमा आयोजना हुने आइएफबिबी मिस्टर/मिस युनिभर्स च्यािम्पयनसिप तथा फिटनेस फेस्टिभलमा नेपालकोतर्फबाट भाग लिने टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमबीच प्रतियोगितमा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका ६ जनालाई बिदाइ गरेका हुन् ।

भारतको पुनेमा आयोजना हुने युनिभर्स च्याम्पियनसिप अप्रिल १५ देखि १७ सम्म हुनेछ ।

नेपालबाट सहभागी हुनेहरुमा शिवलाल श्रेष्ठ (अध्यक्ष), अजयकुमार बज्राचार्य (महासचिव), राजेन्द्र रत्न तुलाधर (मुख्य प्रशिक्षक), रेणुका श्रेष्ठ अधिकारी (अफिसियल) र खेलाडीहरुमा देबराज पराजुली (५९ विश्व वरियता) र मारिचमान लामा रहेका छन् ।