काठमाडौं, ३० चैत । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दा १५ र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ४९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४९६ जना होम आइसोलेसनमा र २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १२ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।