काठमाडौं, ३० चैत । त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरू पुरस्कृत हुने भएका छन् ।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशिले पुरस्कृत हुने भएका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।