विभिन्न व्यक्तित्वहरु विभिन्न विधामा पुरस्कृत

काठमाडौं, २९ चैत । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डाक्टरलाई पुरस्कृत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको ८औँ शिखर सम्मेलनको उपलक्ष्यमा नेपाल स्वास्थ अनुसन्धान परिषद्ले विभिन्न व्यक्तित्वलाई विभिन्न विधामा पुरस्कृत गरेको हो ।
लाइभ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. मदनप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याएबापत ६० वर्षमाथिका लाई दिइने यो अवार्ड उपाध्यायले पाएका हुन् ।
त्यसैगरी सबैभन्दा बढी लेख प्रकाशन गर्ने अनुसन्धानकर्तालाई दिइने उत्कृष्ट कृति पुरस्कार डा.गुणराज ढुंगानाले पाएका छन् । हेल्थ रिसर्चर अवार्ड डा.सरुणा घिमिरेले र बेस्ट रिसर्च पेपर अवार्ड पोस्टर प्रिजेन्टेसन तर्फ सोनिया श्रेष्ठ र ओरल प्रिजेन्टेसनतर्फ डा.रभा थापालाई प्रदान गरिएको छ ।
मिर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट ओरेन्टेशन अवार्ड डा. रीता थापाले पाए । मिर्गेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड चिकित्सातर्फ डा.अपेक्षा निरौलाले पाए । यो अवार्ड एनएचआर स्टाफतर्फ अनुसन्धान अकिकृत अनिल पौडेलले पाएका छन् ।
वेस्ट इम्प्लोइ अवार्ड स्वास्थ्य अनुसन्धन परिषद्को प्रशासन सहायक अजय कुमार लालले पाए भने परिषद्को बेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यू मनिटर इभ्यालुएसन सेक्सनले पाएको छ ।
प्रा.डा भगवान कोइरालाको संयोजकत्वमा ५ जनाको अवार्ड छनोट कमिटी बनाइएको थियो । यो कमिटीले बस्तुगत मूल्यांकनका आधारमा तथा विभिन्न दायराको आधारमा नम्बर दिएर छनोट अवार्डका लागि छनोट गरेको डा.कोइरालाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


