सिएसकेलाई ठूलो झटका : दीपक चाहरले जारी सिजनको सबै खेल गुमाउने

एजेन्सी, २९ चैत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार हारको सामना गरिरहेको चेन्नई सुपर किंग्स (सिएसके) लाई ठूलो झटका लागेको छ ।
टोलीका प्रमुख तीव्र गतिका बलर दीपक चाहरले जारी सिजनको सबै खेल गुमाउने भएपछि चेन्नईलाई झटका लागेको हो ।
पुरानो चोट बल्झिएपछि चाहर आइपिएलबाट बाहिरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार उनको ढाडको पुरानो चोट फेरि बल्झिएको छ । जसकारण चाहर टोलीबाट बाहिरिएका हुन् । चाहर यही सातासम्म चेन्नईको टोलीमा आउने अपेक्षा गरिएको थियो ।
उनलाई चेन्नईले मेगा अक्सनबाट १४ करोड भारुमा अनुबन्ध गरेको थियो । चाहर वेस्ट इन्डिजविरुद्धको सिरिजका क्रममा घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


