भारतमा भएको केबलकार दुर्घटनामा परेका ४८ मध्ये ४२ को उद्धार, २ जनाको मृत्यु

एजेन्सी, २९ चैत । भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा भएको केबलकार दुर्घटनामा परेका ४८ मध्ये हालसम्म ४२ जनाको उद्धार गरिएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
बाँकी फसेका मानिसलाई खाना र पानी ड्रोनमार्फत पु¥याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा रामनवमीमा पूजा गर्न र घुम्न सयौं मानिस गएका थिए।
यसैक्रममा रोपवेबाट तल आइरहेको र माथि गइरहेको केवलकारको डब्बा ठोकिएको थियो । सो समयमा २ दर्जन जति केबलकारका डब्बा रोपवेमा थिए ।
घटनामा फसेका मानिसको भारतीय इयरफोर्स, सेना, एनडीआरएफ आइटीबीपी र स्थानीय प्रशासनको टोलीले उद्धार जारी राखेको छ ।
रोपवेमा फसेका मानिसहरूको उद्धार गर्ने सोमबार दिनभर भएको थियो । माथि फसेका मानिसहरूलाई ड्रोनमार्फत खाना र पानी पठाइएको थियो । ट्रलीमा साना बच्चा, पुरुष र केही महिला फसेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


