जनलोकपाल आयोगको कामप्रति सांसद यादवको आपत्ति

जनकपुरधाम, २९ चैत । मधेस प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनलोकपाल आयोगको कामप्रति सत्ताघटक दलकै एक सांसदले आपत्ति जनाएकी छन् ।
नेकपा एकीकृत समाजवादीकी सांसद मञ्जु यादवले मधेस प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगले स्थापना पश्चात कुनै काम गर्न नसकेको भन्दै आपत्ति जनाएकी हुन् ।
मंगलबार बसको प्रदेशसभा बैठकमा बोल्दै उनले विभिन्न ठाउँमा अनियमितता भइरहँदा संघ सरकार अन्तर्गत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाइरहेपनि मधेस सरकारले गठन गरेको जनलोकपाल आयोग तलब भत्ता लिन बाहेक अहिलेसम्म कुनै काम गर्न नसकेको भन्दै उनले आयोगको टिप्पणी गरिन् ।
सांसद यादवले सोमबार घुससहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ परेको घटनाको चर्चा गर्दै भनिन्, ‘हामीले जनलोकपाल गठन गरेका छौँ । आज कहाँ सुतेको छ, म प्रदेश सरकारसँग सोध्न चाहन्छु । विभिन्न ठाउँमा अनियमितता भइरहँदा अख्तियारले सक्रियता देखाइरेको अवस्थामा जनलोकपालले देखाउनु पर्दैन् ? कि तलब भत्ता खानका लागि हामीले गठन गरेका हौँ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


