धनगढी, २८ चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक शिशुको मृत्यु भएको छ ।

कैलालीको गोदावारी नगरपालिका–६ लालपुरकी मञ्जु विकले जन्माएको शिशुको मृत्यु भएको हो ।

ती शिशु आइतबार राति साढे ९ बजे अस्पतालको प्रसुति गृहमा जन्मिएका थिए । पीडित परिवारले भने अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् ।

पीडित परिवारका भीम विकले अस्पतालको लापरबाही कारण शिशुको मृत्यु भएको बताए । यता अस्पतालले भने शिशुमा जन्मदै स्वास्थ्य समस्या रहेका कारण मृत्यु भएको दाबी गरेको छ ।