सोमबार २२ नयाँ संक्रमित थपिए, ४६ जना संक्रमणमुक्त

काठमाडौं, २८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा २२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दा २२ र १ हजार १७२ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ४६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।त्यस्तै, ९ लाख ६६ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ५६८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५४४ जना होम आइसोलेसनमा र २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


