एसियन कप छनोटमा नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं, २८ चैत । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपाल ताजकिस्तानसँग ११–१ को फराकिलो पराजय बेहोरेको हो ।
खेलमा सुरुवाती अग्रता लिएको भए पनि त्यसलाई जोगाउन नसक्दा नेपालले फराकिलो पराजय बेहो¥यो । योसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो हाफमा ताजकिस्तानलाई १–१ बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा सम्हालिन नसक्दा १० गोल बेहोरेको थियो ।
खेलको तेस्रो मिनेटमा आदिल हामिदले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
आठौं मिनेटमा योरोभ इद्रिसले गोल गर्दै ताजकिस्तानलाई १–१ को बराबरीमा ल्याए ।
२१ औं कुजिभ उमेदले गोल गर्दै ताजकिस्तानलाई २–१ को अग्रता दिलाए । सार्दोरोभ फाइजलीले २५ औं मिनेटमा गोल गर्दै टोलीलाई ३–१ ले अघि बढ्यो ।
फाइजलीले ३१ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। ३२ औं मिनेटमा फाइजलीले ह्याट्रिक पूरा गर्दा ताजिकिस्तान ५–१ ले अघि रह्यो।
३३ औं मिनेटमा हालिमोभ शभोक्वाट तथा ३४ औं मिनेटमा उमेदले गोल गर्दै ताजकिस्तानको अग्रता ७–१ को बनाए । ३४ औं मिनेटमा हालिमोभले व्यक्तिगत दोस्रो गोल गर्दै ताजकिस्तानले ८–१ को अग्रता लियो ।
३७ औं मिनेटमा रिजोमोभ समान्दरले गोल गर्दै टोलीलाई ९–१ ले अघि बढाए । ३८ औं मिनेटमा योरोभ र रिजोमोभले गोल गरेपछि ताजिकिस्तानले ११–१ को फराकिलो जित दर्ता ग¥यो ।
पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले तेस्रो तथा अन्तिम खेलमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


