काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासंघको आयोजनामा जारी मिडिया कप फुटसलको आफ्नो पहिलो खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) विजयी भएको छ ।

एनएसजेएफले सोमबारको खेलमा हाम्रो सञ्चार डट कममाथि ५–३ को जित हात पारेको हो ।

यो जितसँगै एनएसजेएफले क्वार्टरफाइनलमा स्थान बनाएको छ । उसले क्वार्टरफाइनलमा नेपाल ब्रोडकास्टिङ च्यानल (न्युज २४) सँग खेल्नेछ ।

न्युज २४ इ कागजमाथि १७–० को फरालिको जित हात पादै क्वार्टरफाइनल पुगेको हो ।