जनकपुरधाम टि–२० अन्तर्गत दोस्रो दिनको खेलमा रोयल ११ र जयनगर विजयी

जनकपुरधाम, २७ चैत । जनकपुरधाममा जारी जनकपुरधाम टि–२० क्रिकेट टूर्नामेन्ट अन्तर्गत आइतबार भएको दुई अलग अलग खेलमा रोयल ११ र जयनगर क्रिकेट टिम विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गतको दोस्रो दिनको पहिलो खेलमा रोयल ११ ले बगेवा क्रिकेट टिमलाई १ सय रनले पराजित गरेको छ ।
रोयल ११ ले पहिले ब्याटिङ्ग गर्दै १८ ओभरमा १५४ रनमा समेटिएको थियो । जवाफी ब्याटिङ्ग गरेको बगेवा टिम मात्र ५४ रनमा समेटिएको थियो । रोयल ११ का लागि सुयोग प्रजापतिले अविजित ९९ रनको पारी खेलेका थिए । उनलाई खेलको म्यान अफ दि म्याच घोषित गरिएको थियो ।
आइतबार भएको दोस्रो खेलमा जयनगर टिमले उमगाँव टिमलाई २६ रनले पराजित गरेको छ । जयनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको उमगाँव टिम मात्र १४० रनमा समेटिएको थियो ।
उमगाँवलाई सस्तैमा समेट्न जयनगरका प्रभाषचन्द्रले ४ विकेट लिएका थिए । उनी खेलको म्यान अप दि म्याच घोषित भए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


