काठमाडौं, २७ चैत । नेकपा एमालेको जनवर्गिय राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको महाधिवेशनले सर्वसम्मतिबाट १५१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा चैत २५ गतेदेखि भएको महाधिवेशनले सर्वसम्मतिबाटै कार्यसमिति चयन गरेको हो । उक्त कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।

अध्यक्षमा झलकशर्मा गौतम निर्वाचित भएका छन् । डा.शर्मा निर्वतमान महासचिव हुन । यस्तै महासचिवमा डा.सन्तोष पौडेल चयन भएका छन् ।

महिला उपाध्यक्षमा शारदा खनाल, रामहरी ढकाल, भिमराजसिंह र जगत नेपाली उपाध्यक्ष चयन भएका छन् । यसैगरी उपमहासचिवमा अमृता बराल र हिमालय तिवारी छानिएका छन् ।

यसैगरी सचिवमा प्रदेश १ मा रामचन्द्र मिश्र, मधेस प्रदेशमा डा.धमेन्द्र यादव, बागमती प्रदेशमा नारायण पौडेल, गण्डकी प्रदेशमा लक्ष्मण बसौंला, लुम्बिनी प्रदेशमा खगराज पोखरेल, कर्णाली प्रदेशमा शुशिल शाही र सुदुरपश्चिममा शिद्द ढुंगाना चयन भएका छन् ।

सचिवमै उपत्यका तर्फ रुपा केसी र कोषाध्यक्षमा अञ्जु बस्नेत छनोट भएका छन् ।