राष्ट्रपति भण्डारीले गरिन् गजेन्द्र स्मृति अस्पतालको उद्घाटन

रौतहट, २७ चैत । राष्ट्रपति विद्यादेवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण ३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी छन् ।
स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले चन्द्रनिगाहापुरको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गरेकी हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनको अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताइन् ।
सामाजिक न्यायका लागि योगदान, आफ्नो जीवनमा देश र जनताको सेवामा पुर्याएको योगदानको कदर स्वरुप उनको नाममा अस्पताल निर्माण हुनु सराहनीय काम भएको उनले बताइन् ।
मुलुकको स्वाधीनता र स्वतन्त्रताका लागि स्वर्गीय सिंहले संवैधानिक नैतिक र अहिंसक जागरणबाट जनजनमा चेतना पुर्याएको राष्ट्रपति भण्डारीले सम्झना गरिन् ।
उनले बालबालिकाको लागि पौष्टिक आहारको व्यवस्था, बोक्सी प्रथालाई जरैदेखि उखेल्नु गर्न तीनवटै सरकारले भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन् ।
अस्पतालको उद्घाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्वमन्त्री डाक्टर डिम्पल कुमारी झाको सपना साकार भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


